Logo

२८ असार,वीरगञ्ज । रौतहटमा जन्ती लिएर हिडेँको स्कार्पियो नहरमा खस्दा दुइजनाको मृत्यु भएको छ । जिल्लाको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेका छन् ।

प्रहरीका अनुसार गढिमाई ६ सिङगारमन स्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ति बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।

स्कार्पियोमा १२ जना सवार थिए । जसमध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ ।
स्कार्पियो चालक भने फरार भएकाले उनको खोजी भइरहेको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार