Logo

२८ असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बेचन झा पक्राउ परेकै कारण सरकार ढलेको भनेर जनतालाई नढाँट्न प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

ठूला दलको स्वार्थ नमिलेकै कारण गठबन्धन फेरिएको उनले दाबी गरे ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलमा भाग लिँदै शाहीले फाइल खोलेका कारण सरकार ढलेको भाष्य गलत भएको बताएका हुन् ।

बहालवाला सांसद टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकार नढल्ने तर बेचन झा पक्राउ गरेकै कारण सरकार ढल्यो भनेर बेचनको ब्रान्डिङ नगर्नु, संसद्को रोष्ट्रमबाट झुट कुरा नबोल्न आग्रह गर्छु,’ शाहीले भने ।

शाहीले गृहमन्त्री रवि लामिछानेले आफ्ना साझेदार जीबी राईलाई पक्राउ गर्न नसकेको टिप्पणी गरे ।


सम्बन्धित समाचार