Logo

२८ असार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाा सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसक्ने निश्चित भएपछि उनले नयाँ सरकार गठनबारे छलफल गर्न संविधानविदहरूलाई बोलाएका हुन् ।

छलफलका लागि संविधानविद्हरू डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल, शम्भु थापा, गोपालकृष्ण घिमिरेलगायतलाई बोलाइएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बेलुकी पौने ६ बजे राष्ट्रपति भवनमा नयाँ सरकार गठनको प्रक्रियाबारेमा छलफल सुरु गर्ने छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा अब बन्ने सरकार गठनको प्रक्रियाबारे संविधाानविहरू नै विभाजित छन् ।

एकथरीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने मत राख्दै आएका छन् । अर्काथरी धारा ७६ (३) बमोजिम गठन हुने दाबी गरिरहेका छन् ।

यदि संविधानको धारा धारा ७६ (२) बमोजिम नयाँ सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने छ । त्यसका लागि कांग्रेस र एमालेले सहमति गरिसकेका छन् ।

तर धारा ७६ (३) बमोजिम गठन हुने अवस्थामा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।


सम्बन्धित समाचार