Logo

२९ असार, वीरगञ्ज । नारायणगढ– मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार (हिजो) दिनभर खोजिएको तर पनि बस र यात्रु कसैलाई पनि फेला पार्न नसकिएको चितवन  प्रहरीले जनाएको छ । शुक्रबार (हिजो) दिनभर खोजिएर पनि बस र यात्रुको अवस्था नखुलेपछि अँध्यारो भयो, र खोजीकार्य स्थगित गर्नुपरेको थियो ।

आज अहिले फेरी विहानबाट नै खाजीकार्यमा जुटिने चितवन प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको जानकारी दिए ।

उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । पर्दा निकालिएपछि कुन बसको भन्ने बुझ्न लगाउँदा एन्जल बसकै रहेको बस संचालकले पुष्टि गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुवै बसमा गरेर कम्तिमा ५० जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।

यो पनि :

त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्

जापान जाने सपना बोकेर हिडेकी मिष्टिको जीवन त्रिशुलीमा मिसियो

अपटेड : त्रिशुली नदीमा खसेको एन्जल बसमा सवार यात्रुहरुको पहिचान खुल्यो

अपटेड : त्रिशुली नदीमा खसेको गणपति बसमा सवार यात्रुको विवरण

 


सम्बन्धित समाचार