Logo

२९ असार,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादब चयन भएका छन् ।

शनिबार डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले चन्दन यादबको नेतृत्वमा ११ सदस्य कमिटी पनि निर्बिरोध चयन गरेको हो ।

एघार सदस्यीय कमिटीको उपसभापतिमा ओम प्रकाश कुमार यादब , सचिबमा चन्दन प्रसाद शाह ,कोषाध्यक्षमा रामपती देबि र सदस्यहरुमा नागेन्द्र प्रसाद शाह ,अशोक कुश्वाह ,ललन सहनी ,अरमानन्द प्रसाद शाह ,सरोज देबि सहनी ,अनिल कुमार शाह र धनमती देबि छन ।

भेलामा सभापतिको आशनबाट बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तले नेपालको राजनीतिमा आउन अब युवाहरुलाइ कसैले रोक्न नसक्ने बताए । उनले ३५/४० बर्षका धेरै युवाहरुले सफलता पुर्बक देश हाकिसकेको उधारणहरु बिश्वमा प्रसस्तै भैसकेकोले अब युबाहरुनै नेपालको भबिस्य भएको बताए ।

भेलाका प्रमुख अतिथी केन्द्रिय सदस्य डा नन्दन यादबले अहिले बन्दै गरेको सरकारको गठ्बन्धन अप्रकृतिक गठबन्धन रहेको बताए । उनले उतरी ध्रुब र दक्षिणी ध्रुब मिल्न असम्भव रहेकोले यो बन्ने सरकार पनि लामो दौडको घोडा नभएको बताए ।

रस्वपा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले स्वागत गरेका थिए भने पुर्ब जिल्ला संयोजक दिलिप कुर्मी , प्रदेश सदस्य पुर्शोतम उपाध्याय , शिक्षा उपप्रमुख सोनालाल पटेल , क्षेत्रीय सभापति फैयाज मिया , वाडा सभापति पुर्ण सापकोटा , डा चन्द्र भूषण पाठक लगाएतले आ आफ्नु मन्तव्य राखेकाका थिए । भेला लाई संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेका थिए ।


सम्बन्धित समाचार