Logo

२ साउन, वीरगञ्ज । वीरगञ्ज कलेजका विद्यार्थी बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार २८ गते त्रिसुलीमा पहिरोमा बगाएको बसमा बेपत्ता भएका थिए ।

अहिलेसम्म शव फेला नपरेछि परिवारले कुशको शव बनाई उनको दाहसंस्कार गरिसकेकोले कलेजले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । कक्षा १२ को परीक्षा दिएर बसेका उनी लोकसेवा परीक्षाका लागि काठमाडौं गएका थिए ।

दुखद घटनामा कलेजका विद्यार्थी सुजित पनि परेको खबरले कलेज परिवारलाई स्तब्ध पारेको भन्दै कलेज सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले यस्तो घटना कसैमाथि नहोस भन्ने कामना गर्दै सुजितप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

क्याम्पस प्रमुख विनोद गुप्ताले कलेजले एक अनुशासित र असल विद्यार्थी गुमाउनु परेको असह्य पीडा भएको बताए । श्रद्धाञ्जली सभामा कलेजका शिक्षक, विद्यार्थी लगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो ।


सम्बन्धित समाचार