Logo

९ साउन, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ ।

देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ । अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको संस्थाका अध्यक्ष रमेश कुमार भट्टराईले बताउनु भयो ।

नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् । ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नहुँदा कम्पनीहरु समस्यामा पर्ने गरेको अवस्था देखिएको छ ।

त्यसैगरि संचालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नै छैन । यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको छ ।

कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको छ ।

अब कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनुपर्दैन । साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिन्छ ।

त्यसै गरि बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा भौतारिनु नपर्नेगरी एकद्दार प्रणाली मार्फत सेवा प्रवाह गर्न लागिएको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ । यो सेवाबाट विशेष गरि साना र मझौला कम्पनीरू लाभान्वित हुने अपेक्षा लिइएको अध्यक्ष भट्टराईको भनाई छ ।

समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा ब्यवसाय बृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास नेक्सजेन म्यानेजमेन्टले लिएको संस्थाका अध्यक्ष भट्टराईले बताउनु भयो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले आफ्ना सेवाग्राहीहरुको सुविधाको लागि नयाँ योजना ल्याउन लागेको बिषय प्रति उपत्यका भित्र र बाहिरका विभिन्न कम्पनी र सेवग्राही संस्थाहरुले चासो लिएर संस्थामा आउने गरेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

 


सम्बन्धित समाचार