२१ साउन, वीरगञ्ज । आज साउन महिनाको तेस्रो सोमबार । वीरगंजको पशुपतिनाथ, अलखिया मठ, पर्साको भाथाधाम लगायत शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ ।
यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
सोमवारको अवसरमा बाराको काँटघाटमा वाग्मतीबाट जल बोकेर आउने भक्तजनको विषेश भिड छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस महिनामा अब एउटा सोमबार मात्र बाँकी छ ।
(देखिएका फोटो सहकर्मी रंजित यादव र लक्ष्मी खरेलले कैमरामा कैद गरेका हुन् ।)