Logo

१९ भदौ, वीरगञ्ज । आज सरकारले सार्वजानिक विदा दिएको भनेर समाजिक सञ्जालमा फैलाइएको सुचना झुट्टो पाइएको छ । आज बिहानै देखि भाइरल बनाइएको विदा बारेको सुचना सही छैन ।

कतारी राजा आउने भएकोले सरकारले विदा दिएको भनेर फैलाइएको सुचना झुटो नै रहेको प्रस्ट देखिन्छ । गृह मन्त्रालयको आधिकारीक वेबसाइड, सामाजिक सञ्जाल : फेसबुक,  एक्समा समेत यस सम्बन्धि कुनै सुचना छैन ।

एक महिना पहिला सार्वजानिक विदा बारेको सुचना राखिएको भए पनि हिजो कुनै त्यस्तो सुचना जारी नगरेको पाइएको छ ।

झुट्टा फैलाईको सूचनामा मितिको फन्ट पनि फरक देखिन्छ । उक्त सुचना भ्रम मात्रै फैलाउने उद्देश्यले राखेको हुनसक्ने आशंका छ ।


सम्बन्धित समाचार