Logo

११ पुष, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ९४ लाख मूल्य बराबरको खुद्रा हार्डवेयर तथा औषधी लोड भएको ट्रक नियन्त्रणमा लिएको छ ।

शनिबार राती करिब २ बजेको समयमा बीरगन्ज महानगरपालिका वडा नंं ८ घण्टाघर चोक स्थित सडकखण्डबाट ना।६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकीँ चेकजाचँ गर्ने क्रममा बिल बिजकभन्दा बढी सामान भेटिएकाले सो ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढि खुद्रा हार्डवेयर तथा औषधीहरु लिएर बाकेँ तर्फ जादैँ गरेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले नेपाल रोड क्यारिएर ट्रान्सपोर्टबाट पठाइएको सो ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त सामाग्रीको मूल्य ९४ लाख २१ हजार १५ रुपैयाँ कायम गरी थप अनुसन्धानका लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार