Logo

२ असोज, वीरगञ्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिमलताल पहिरोमा परी बेपत्ता भएका एन्जल बसका चालक वीरगंज १६ का जवाहिर महतोका बच्चालाई भेट गर्दै उनीहरुको निशुल्क पठनपाठनको व्यवस्था मिलाएका छन् ।

महानगरको वडा नं. १६ नगवा स्थित सनलाइट मा.वि. मा दुबै जना बालकहरुको निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाईदिएका हुन् । चालक जवाहिरका छोरा श्याम कुशवाह कक्षा ४ र बिट्टु कुशवाह युकेजीमा अध्ययन गरिरहेका छन्।

सनलाइट मा।वि।का प्रधानाध्यापक आलोक चौरसियाले महानगर प्रमुखको आग्रहमा बालकहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई गएको असार २८ गते नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।


सम्बन्धित समाचार