१२ पुष, वीरगञ्ज । महालक्ष्मी लाईफ इन्स्योरेन्सकोे महिला सशक्तिकरण कार्यक्रम अन्तरगत रुकुम पश्चिमको मुसिकोटमा महिलालाई रोजगारी र समृद्धि भन्ने मुल नाराका साथ आज सम्पन्न भएको छ ।
कार्यक्रमको उद्धघाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्नुभएको थियो । लक्ष्मी केसीको अध्यक्षतामा भएको तालिम कार्यक्रममा कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई रोजगारी दिई आयआर्जनका लागि यो कार्यक्रम अवसरको रुपमा रहेको जानकारी दिनु भयो ।
त्यस्तै कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्यप्रति प्रकाश पारेका थिए । उनले मुलुकको आर्थिक रुपान्तरणका लागि महिला सशक्तिकरण कार्यक्रम कोषेढुङगा सावित हुने बताए ।
यसैगरी रुकुम पश्चिम जिल्ला समन्वय समितीका सयोंजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्रमा राजनैतिक चेतना र सुविद्याको हिसावले विकसित भएपनि महिलाको आर्थिक उन्नतीका लागि यो कार्यक्रम निकै फलदायी हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा सानी भेरी गाउँपालिका–९ का वडाध्यक्ष शेर बहादुर खड्काले महिला सशतिmकरणका लागि सरकार र गाउँपालिकाले बजेट छुट्याएको बताउदै महिलाका लागि रोजगारी र आय वृद्धिको लागि सचांलित कार्यक्रममा इन्स्योरेन्ससगैं सहकार्य गर्दै जान तयार रहेको बताए ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स रुकुम पश्चिम मुसिकोटको प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गरेको उक्त कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओली, वडा नं. ३ का वडाध्यक्ष जगदिश नकाल लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।