Logo

फाइल तस्विर

५ असोज,चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर–२ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा नवलपुरको गैंडाकोट–५ कांग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा लमजुङको दुधपोखरी–६ बस्ने बर्ष ४० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक थापा र मोटरसाइकलमा सवार गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको रिजालले बताए।


सम्बन्धित समाचार