Logo

फाइल तस्बिर

१२ असोज,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.–३ पकडिया ब्रम्हथानबाट गएराति बनगस्ती टोलीले २ थान सालको गोलिया काठ सहित साईकल बरामद गरेको छ ।

बिन्दबासिनी कोईलाभार साझेदारी बन क्षेत्रबाट काचो सालको रुख कटान गरी साईकलमा लोड गरेर हरपुर टाडितर्फ लाँदै गरेको अवस्थामा करिब १६ क्युफिटको दुई थान सालको गोलिया काठ र दुई थान साईकल बरामद गरेको हो ।

काठ तस्करहरुले बर्षातको मौका छोपेर रुख कटान गरी ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा सब–डिबिजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तमाङ्गको कमान्डमा खटिएकोे साझेदारी वनका कर्मचारी सहितको टोलीले काठ र साईकल बरामद गरेको हो ।

वनगस्ती टोलीलाई देखेपछि काठ तस्करहरु भने भागेको र उनीहरुको खोजीकार्य भइरहेको जम्दार तमाङ्गले बताए । बरामद गरिएको काठ र साईकल आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्यालय बडनिहारमा राखिएको छ ।


सम्बन्धित समाचार