Logo

१२ असोज,काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ६४ जना बेपत्ता भएका छन् ।

यस्तै ३४ जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसैगरी बाढीपहिरोमा परी १९५ वटा घरमा भौतिक क्षति पुगेको छ । दुई हजार १०३ जनालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ ।

उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । आएको शनिवार अपरान्ह भने काठमाडौं उपत्यकामा वर्षा रोकिएको छ । यसअघि शुक्रवारदेखि अविरल वर्षा भइरहेको थियो ।

 


सम्बन्धित समाचार