Logo

१३ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिको रानीघाट पुलबाट नदिमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ र २४ जोड्ने रानीघाट स्थित सरिसवा पुलमा हाम फाल्ने १७ बर्षीया किशोरी बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको रहेको खुलेको हो ।

सरिसवा नदिमा हाम फालेपछि उद्दारका लागि प्रहरी परिचालन गरिएको छ । किशोरीको अवस्था अज्ञात रहेको छ । घटनापछि प्रहरीले उनकी आमालाई फेला पारेको छ । पुल नजिकै रहेको अस्थायी प्रहरी चौकीलाई समेत केही जानकारी छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ । यद्यपि प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा लिएर गएको छ ।


सम्बन्धित समाचार