Logo

१६ असोज, वीरगञ्ज। पर्सा प्रहरीले डेढ करोड बढी खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले १ करोड ६७ लाख १९ हजार चारसय बराबरको औषधी तथा खाद्यान्न लोड २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा सडकखण्डबाट ना.५ ख ५५४२ र बा.प्र.०३–००१ ख १६५५ नम्बरको ट्रकहरू नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । प्रहरी जाँचका क्रममा विल विजक भन्दा बढीका औषधी तथा खाद्यान्न लगायतका मालबस्तुहरू लोड रहेको पाइएपछि ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए ।

वीरगञ्जबाट चितवन हुदै बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको समान सहितको ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार