Logo

१६ असोज, वीरगञ्ज । वीरगञ्ज १४ चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “६९ औं प्रहरी दिवसको अवसरमा” उक्त मन्दिर परिसर आज विहान सरसफाई गरिएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानले जानकारी दिए ।

प्रधानकै अध्यक्षतामा भएको उक्त सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक गोरख बहादुर शाही, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका मधु सिहं, जगत राई, मुनेश लायोमगर, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय, स्थानियबासी, समाजसेवी, संचारकर्मी, लगायत २५ जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार