Logo

२९ असोज,वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक आज दिउँसो गोली चलेको छ । नेपाल भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ आज दिउँसो भुइमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बनाएपनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ । तर, गोली नै चलाएको हो कि होईन भन्ने विषयमा भने अनुसन्धान भईरहेको बताउनुभयो ।

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छिन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् ।

एसएसबीले गोली चलाएपछि भने ती महिला र पुरुष नेपाल तर्फ भागेको बताइएको छ । नेपालतर्फका एक सुरक्षा अधिकारीका अनुसार भारतीय सीमा सुरक्षा बलले गोली लोड भएको हतियार सहित पुलक्षेत्रमा आउँदा असावधानीवस पड्किएको हुनसक्ने बताए ।

उनका अनुसार भारतीय सीमा सुरक्षा बलको लोड भएको हतियारमा ट्रिगरलाई तैनाथ गरिएर राखेको हुने र उनीहरुको असावधानीले पड्किएको हुनसक्ने ती सुरक्षा अधिकारीले अनुमान लगाएका छन् ।

यद्यपि घटनाको पुष्टि भने अझै भएको छैन । नेपालतर्फको सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार