Logo

३० असोज,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रतितोलामा १३ सय रुपैयाँले बढेर आज बुधबार १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर आज १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार