Logo

३० असोज,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले अवैध कारोबारलाई कानूनको दायरामा ल्याएर पारदर्शी रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा बुधबार (आज) अयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुसालले मानव अधिकारको सम्मान गर्दै समाजको चाहनामा चनाखो रही समर्पणको भावनाले प्रहरी कर्मचारीलाई काम गर्ने प्रेरणा प्रहरी दिवसले दिने बिश्वास ब्यक्त गरे ।

कुनै पनि किसिमको कम्प्रोमाईज नगरि काम गर्न पर्सा प्रहरीलाई भुसालले दिर्नेशन दिएका थिए । सरकारको तीनै तह स्थानीय, प्रदेश र संघ सरकार तथा बिभिन्न सँस्थाहरुसँग न्याय, शान्ति र सुशासन प्रबाहको भूमिका खेल्न पनि प्रहरीलाई उनले अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुँगेलले नेपाल भरि शान्ति सुब्यावस्था कायम गर्न,अपराध रोकथाम, नियन्त्रण गर्न स्थापना भएको नेपाल प्रहरीका अग्रज, पूर्वप्रहरी कर्मचारी, प्रहरी परिवारजनलाई दिवसको अवसरमा शुभकामना दिएका थिए ।

सीमित स्रोत साधनको बाबजुद पनि समाजमा भएका अपराध रोकथाम र अनुसन्धानको कार्य सफलता पूर्वक प्रहरीले काम गरिरहेको उनले बताएका थिए ।अगामी दिनमा पनि यस्ता जिम्मेवारीहरु प्रहरीले बिचलित नभई गर्ने ढुँगेलको भनाई थियो ।

‘साईबर सुरक्षा आजको आवशयकता‘ भन्ने नारासहित देशभर मनाईएको ६९ औ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्सामा पनि मनाईएको हो । दिवसका अवसरमा बिभिन्न सँघ,सँस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा, नेशनल मेडिकल कलेज, सूर्या अस्पताल लगायत बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई कदरपत्र दिएर सम्मान पनि गरिएको थियो ।


सम्बन्धित समाचार