Logo

१ कात्र्तिक, बारा । पर्साको बन संरक्षण टोली बिभिन्न ठाउँबाट २८ क्युफिट काठ सहित १२ क्विन्टल दाउरा बरामद गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं.१ मनवा स्थित घरको बारीमा लुकाईछिपाई राखिएको अवस्थामा १२.५ क्युफिटको दुई थान काठको गोलिया र वडा न.३ बड्निहारबाट ३.५ क्युफिटको एउटा काठको गालिया सहित ५ थान साईकल बरामद भएको बिन्दावासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष महम्मद रिजाबनुल हकले जानकारी दिए ।

बड्निहार क्षेत्र नजिकको जङ्गलबाट ५ जनाको समुहमा रहेका तस्करहरु साईकलमा काठको गोलिया लोड गरी लैजादैँ गरेको अवस्थामा बन रक्षक टोलीलाई देखेर फरार भएका थिए । जङ्गलभित्र रुख काटेर बनाएको १२ क्विन्टल दाउरा बरामद भएको बताए । १०,१२ जनाको सङ्ख्यामा रहेका तस्करहरु बन गस्ती टोलीलाई देखेर फरार भएको अध्यक्ष हकले बताए ।

त्यस्तै रङ्गपुर सब डिभिजन वन कार्यालयबाट खटिएको बन टोलीले एक थान साईकल सहित मङ्गलबार राती भतौडाबाट ४.८३ क्युफिटको एक थान काठको गोलिया र बुधबार दिउँसो समयमा ७.८५ क्युफिटको दुई थान काठको गोलिया बरामद गरेको रेञ्जर कपिलदेव प्रसाद यादबले जानकारी दिए ।

पटेर्वासुगौली वडा नं.४ भलुवाही खोलाको बाँध नजिकै एक थान काठको गोलिया सहित साईकल र वडा नं.२ चाँफीबाट दुई थान काठ बरामद भएको रेञ्जर यादबले बताए । बन गस्ती टोली आएको सुचना पाएको काठ तस्करले साईकल र काठ छोडि भलुवाही खोला नजिकबाट फरार भएको उनले बताए ।

त्यस्तै काठ तस्करले जङ्गल छेउ नजिकै चाँफीमा थुपारिएको काठ बरामद भएको रङ्गपुर सब डिभिजन बन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार