९ कात्तिक, वीरगञ्ज । उपकार सेवा नेपाल नामक सस्ंथाले एक जना किशोरलाई व्हिल चेयर वितरण गरेको छ । लामो समयदेखि शारीरिक रुपले असक्त रहेका वृद्धलाई सस्ंथाले व्हिल चेयर प्रदान गरेको हो ।
सस्थांले वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा नयाँ बस्ती निवासी १९ वर्षिय शारीरिक रूपमा पुर्ण अपांगता भएका किशोरलाई उक्त व्हिल चेयर प्रदान गरेको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । उनलाई घरमै पुगेर उक्त चेयर प्रदान गरिएको छ ।
उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगीको उपस्थितिमा उक्त व्हिल चेयर हस्तान्तरण गरिएको समाजिक अभियन्ता थारुले बताए ।
उपकार सेवा नेपाल निरन्तर समाजिक कर्यमा समाज प्रति समर्पित रहेको थारुको भनाई छ ।