१० कात्तिक,पर्सागढि । पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को १७ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको संचालक समितिकी अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि पर्सा क्षेत्र नं २ को प्रदेशसभा –क) का प्रदेशसभा सदस्य श्याम प्रसाद पटेलले उदघाटन गर्नुभएको थियो ।
उहाँले संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने शुभकामना दिदै पर्सा जिल्लामा नै छुट्टै पहिचान स्थापना गरेको यस संस्थाको ब्यवस्थापन राम्रो रहेकोले यस्तो संकटकालिन अवस्थामा पनि संस्था संचालनमा रहेको बतउनुभयो । उहाँले संचालक समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिएर लगाउनु पर्नेमा जोड दिनु भयो ।
स्थानीय स्तरमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । साथै संस्थाको निर्माणाधिन भवन बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बिशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. पर्साका अध्यक्ष राजेश पंडितले जिल्लामा नै नमुना रुपमा कार्य गर्दै आएको यो सहकारीको कार्य हेर्न अरु सहकारीलाई समेत बताउने गरेको भन्दै अझ सशक्त रुपमा संचालन हुन सकोस भन्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष शेष खुर्सेद‚ पुर्व वडा अध्यक्ष बेदमन दास थारु, समसुदिन साह देवान, विन्दवासिनी कोइलाभार साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष महम्मद रिजवानुलहक, प्रदेश सभा सदस्यको स्वकिय सचिव सरिफ मियाँ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार चेत कुमारी तिमिल्सिना र धन्यवाद मन्तव्य संस्थाका व्यवस्थापक विरेन्द्र राज कँडेलले गर्नुभएको थियो । कार्यक्रम सहजिकरण संस्थाका सचिव शिवनाथ यादबले गर्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन र प्रस्तावित कार्यक्रम संस्थाका अध्यक्ष गोमा कुमारी उप्रेतीले, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष प्रतिमा मानन्धरले, लेखा समितिको प्रतिवेदन संस्थाका लेखासमिति संयोजक वेदमन दास थारु र ऋण लगानी तथा अनुगमन उपसिमितिको प्रतिवेदन संस्थाका ऋण लगानी तथा अनुगमन उपसमितिको संयोजक महम्मद जिकुरुल्लाहले प्रस्तुत गरेका थिए । पछिल्लो आर्थिक वर्षमा संस्थाले ५ करोड ६३ लाख ३२ हजार १ सय ६१ रुपैया पैसा ५८ को कारोवार गरेको प्रतिवेदन पेश गरिएको संस्थाका लेखा प्रमुख संजय परियारले बताउनु भयो ।
यस्तै पर्साको पर्सागढि नगरपालिका–३ स्थित रहेको जुनतारा महिला बचत तथा ऋृण सहकारी सस्थाको आज १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष मन्जु देबि क्षेत्रीको अध्यक्षतामो साधारणसभा सम्पन्न भएको थियो ।
सधारण सभाका प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पानसमा बति बाली १५ औं साधारणसभाको उदघाटन गर्नु भएको थियो ।कार्यक्रमलाई सम्बमेधत्रन गर्दै उहाँले सहकारीमा बचत गरेको रकम अपचलन, अनियमितता तथा ठगि गरि भाग्ने चलन बढेको कारण सहकारीमा बचतकर्ता हरुको बिश्वास घटेको बताउनु भयो ।
पाठकले पुरुष भन्दा महिलाहरुले नेतृत्व गरेको सस्थाहरु सफल रहने गरेकोले नगरपालिका लगायत जिल्ला भरिनै जुनतारा महिला बचत तथा ऋृण सहकारी सस्था उत्कृष्ट रहेको बताउनु भयो । १५ औं साधारणसभामा आर्थिक बर्ष ०८०÷०८१ को आर्थिक प्िरतबेदन उर्मिला कार्की,बार्षिक लेखा प्िरतबेदन टुका आचार्य र ऋण प्रतीबेदन शान्ती ढकालले सार्बजनिक गर्नु भएको थियो ।
साधारणसभामा सस्थाका ज्येष्ठ शेयर सदस्य तारा देबि उपाध्याय, असल ऋृणी र उत्कृष्ट बचतकर्ता हरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सस्थाकी सदस्य पार्बती रेग्मीले गर्नुभएको थियो भने सहजीकरण हिरा अर्यालले गर्नुभएको थियो । साधारणसभामा पर्सागढी नगरपालिकाका सहकारी शाखा प्रमुख झरना क्षेत्री ,आमोदेबि मानव सेवा केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटी , संचारकर्मी बलिराम शुक्ला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।