११ कात्तिक, बारा । धारिलो हतियार प्रहार गरि बारामा एक वृद्धको हत्या गरिएको छ ।
अज्ञात समूहले धारिलो हतियार प्रहार गरी महागढीमाई नगरपालिका वडा नम्बर १ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको प्रहरीको भनाई छ ।
उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको छ । यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।