Logo

११ कात्तिक,काठमाडौं । अवतरण अनुमति नै नभएको थाई एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोजेको भन्दै आकाशमै आधा घण्टा बढी होल्ड गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अवतरण अनुमति नपाएकाले नियमानुसार होल्ड गरिएको हो । ’अब विमान आइसक्यो । यात्रु बोकेर आएको विमानलाई ल्यान्ड गराउँछौं,’ निरौलाले भने, ’तर, अवतरण अनुमति सकिएकाले जरिवाना गरेर कारबाही गर्छौं ।’

१० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उनले खुलाए । ’थाइल्यान्डको बैंककबाट काठमाडौं आएको उक्त जहाजको अवतरण अनुमति हिजोसम्म मात्र थियो, आजको शेड्युलमै थिएन,’ उनले थपे, ’त्यसैले होल्ड गराएको हो ।’ अन्य दिन २ बजे उक्त जहाज अवतरण हुने गरेको थियो ।


सम्बन्धित समाचार