Logo

१२ कात्तिक, वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्जले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ सिद्धपुरका दलित, अतिविपन्न परिवारलाई खाद्यन्न सामाग्री सहित माटोको दियो र लत्ताकपडा वितरण गरेको छ ।

रोटरी क्लबले सिद्धपुरका अतिविपन्न मुसहर, उर्राउ, कामी, दमाई र तामाङ्ग समुदायका ७५ जनालाई उक्त सामाग्री वितरण गरेको हो ।

आउन लागेको दीपावली तथा छठ पर्वका लागी उनीहरुलाई खाद्यन्न सामाग्री सहित दियो र लत्ताकपडा वितरण गरिएको रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष निर्मल खत्रीले बताए । सिद्धपुर स्थित नेपाल राष्ट्रि अधारभुत विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी उनीहरुलाई उक्त सामाग्र वितरण गरिएको खत्रीले बताए ।

प्रति परिवार २ किलो चामल, २ किलो पिठो, १ किलो दाल, परिवारको संख्या हेरेर १÷२ किलो मिठाई, खाने तेल साथै माटोको दियो र लत्ताकपडा वितरण गरिएको खाद्यन्न वितरण कार्यक्रममा सहभागी समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको उक्त सामाग्री वितरण कार्यक्रममा क्लबका सचीव राकेश मिश्रा, सह –सचिव स्वेता अग्रवाल, सह–कोषाध्यक्ष स्वेता गुप्ता, सदस्य डाक्टर प्रेरणा झा, राजेन्द्र चौधरी, स्थानिय बुद्धिजिवी लालदेव महतो उर्राउ, प्रभु महतो, लगायतको उपस्थिति रहेको थियो ।

क्लबले हरेक वर्षको दीपावली तथा छठ पर्वमा ती दलित परिवारहरुलाई खाद्यन्न लगायत अन्य सहयोग सामाग्री वितरण गदै आएको छ ।


सम्बन्धित समाचार