Logo

१२ कात्तिक,काठमाडौं । काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमानमा कडाइका साथ चेकजाँच थालिएको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए । दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो ।

तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको जानकारी विकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् । उक्त विमानमा चेकजाँच भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सुचारु रहेको विकले बताए ।


सम्बन्धित समाचार