Logo

१३ कात्तिक,काठमाडौं । देशभरका प्रमुख जिल्ला अधिकारीहरूमा उत्कृष्टताको मापदण्ड कायम गर्दै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले मंगलवारदेखि पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

रुपन्देहीका नवनियुक्त प्रजिअ वासुदेव घिमिरेलाई जिम्मेवारी हस्तान्तरण गर्दै जाँदाजाँदै पहिलो पटक बरबुझारथसमेतको शुरुवात गरेका अर्यालले सोमबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पद बहाली गरेका हुन् ।

प्रजिअ अर्यालले रुपन्देहीमा रहँदा प्रशासनिक सुधार र जनसेवा प्रवाहमा गरेको प्रभावकारी सुधारका कारण राष्ट्रव्यापी ख्याति कमाएका थिए । पर्सा जिल्लामा थप जिम्मेवारी प्रदान गरिएको यस नियुक्तिले अर्यालको कुशल नेतृत्व र जनउत्तरदायित्वलाई पुनः पुष्टि गरेको छ ।

पर्सामा प्रशासनिक सुधार र जनउत्तरदायित्वका नयाँ आयाम थप्ने दृढ अठोट

रुपन्देहीमा सुधारका केही महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्न सबै क्षेत्रको साथ, समर्थन र सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको प्रजिअ गणेश अर्यालले बताए । ‘हरेक तह र तप्काका नागरिकको सहकार्यले शान्ति, सुव्यवस्था र सेवा सुधारको प्रयासलाई सफल बनाउन सम्भव भइयो, जसमा मन्त्रालयको ठोस सहयोग र मार्गदर्शनले ठूलो योगदान गर्‍यो।’

उनले थपे, ‘अब पर्सामा पनि प्रशासनिक सुधार, जनउत्तरदायित्व र सेवा प्रवाहमा नयाँ आयाम थप्न सबै पक्षसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छु। मन्त्रालयले देखाएको विश्वासलाई इमानदारीपूर्वक पालन गर्दै आफ्नो कार्यकाललाई सम्झन लायक बनाउने मेरो दृढ संकल्प छ। पर्सामा सुधार र जिम्मेवारीप्रति जनतालाई अझ नजिक ल्याउने प्रयास गरिनेछ, जसले जनमुखी प्रशासनको उदाहरणीय भूमिका प्रस्तुत गर्नेछ।’

नयाँ जिम्मेवारीसँगै थप उच्च अपेक्षा

रुपन्देहीमा प्रशंसनीय काम गरेर ख्याति कमाएका अर्याललाई पर्सा जिल्लामा जिम्मेवारी दिनुले गृह मन्त्रालयले उनीबाट सुधारका थप उच्च अपेक्षा राखेको बताइन्छ । स्थानीय र सामाजिक सन्दर्भमा जनताको अपेक्षाअनुरूप सेवा प्रवाह गर्न अर्यालले पर्सामा थप प्रभावकारी कार्य गर्ने विश्वास लिएका गृह अधिकारीहरू बताउँछन् ।

हेरौँ, पर्सा जिल्लामा प्रशासनिक दक्षता, सेवा सुधार र नागरिक उत्तरदायित्वका थप क्षेत्रमा उनले कसरी उत्कृष्टता प्रदर्शन गर्नेछन् र आफ्नो सुदृढ प्रशासनिक दक्षता, जनमुखी छवि र अनुकरणीय कामका लागि थप कति प्रशंसा बटुल्न सक्नेछन् ।


सम्बन्धित समाचार