Logo

१३ कात्तिक,काठमाडौँ । विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् ।

प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो । यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने छ ।

प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले जनवायु परिवर्तनबाट निम्तिएको जोखिम, शिक्षा, स्वास्थ्य क्षेत्रमा आउने आपत्कालीन अवस्थामा विश्व बैंकले सहुलियत प्रकारको उक्त ऋण दिने गर्छ । सोही क्रममा विश्व बैंकले नेपाललाई पनि उक्त ऋण दिन लागेको हो ।


सम्बन्धित समाचार