Logo

१४ कात्तिक,वीरगञ्ज । पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका गणेश अर्यालले बुधबार पत्रकारहरुसित भेटघाट एवम् परिचयात्मक कार्यक्रम गरेका छन ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका पत्रकारहरुसित परिचयका साथै बिभिन्न समस्या तथा समसामिायिक बिषयहरुमाथि चर्चा गरेका थिए । कार्यक्रममा जिल्लामा कार्यरत रहेका क्रियाशिल पत्रकारहरुले जिल्लाको बारेमा बिभिन्न प्रश्न तथा समस्याका बारेमा प्रजिअ अर्याललाई अवगत गराएका थिए

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा विशेष गरि नागरिकता बनाउन तथा प्रतिलिपी निकाल्नमा बढी समय लाग्ने गरेकाे जनगुनासाे रहेकाे पत्रकारहरुले बताएका थिए । परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ अर्यालले राज्यको चाैथाे अ‌ंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको लागि आफु मिडियामैत्री मान्छे भएको बताएका थिए ।

उनले पत्रकारहरुले समाजका बिभिन्न समस्या तथा बेतिथीका कुराहरु उठाउदै आएकाले त्यसको जवाफमा राज्यको सँयन्त्रबाट सुधारको कुरामा अघि बढने बताए । धेरै पहिलेदेखि नै समाजका बिकृति र बिसंगतीहरुलाई अगाडि ल्याउन तथा बिकाश र सुशासनको गतिलाई अगाडि बढाउनको लागि मिडियाको महत्व भुमिका रहि आएको कुरामा प्रजिअ अर्यालले जोड दिएका थिए ।

साकारात्मक कुराहरुलाई पनि मिडियाले उठान गरिदिनको लागि उनले पत्रकारसँग आग्रह समेत गरेका थिए ।

यसअघि रुपन्दैहीमा कार्यरत भई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएका अर्यालले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा पदभार ग्रहण गरेका थिए ।


सम्बन्धित समाचार