१५ कात्तिक, वीरगञ्ज । दीपावलीको मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरुका वीरगञ्जसहित तराईमधेशमा बिहानैदेखि चहलपहल बढेको छ । तराई मधेशका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।
लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने परम्पराअनुसार तराई मधेशका गाउँ, नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ हुँदैन । त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्व छ ।
तराईमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको प्राध्यापक पंण्डित छविरमण सुवेदीले बताए ।
प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको उनको भनाई छ ।
खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् ।
यो परम्पराले आज पर्साका वीरगञ्ज, विन्दवासिनी, बाराको कलैया, जितपुर सहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पु¥याएका छन् ।
दिवाली पर्वमा एकजोडा केराका थाम रु चार सयसम्म बिक्री हुने गरेका छन् ।