२८ कात्तिक, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका ४ सुपौलीमा आगलागीका घटना भएको छ । सुपौली बजारमा स्थानिय दिलिप चौधरीले सञ्चालन गरेको कपडा पसलमा हिजो साँझ आगलागी भएको हो ।
“विद्युत सर्टसर्किट भएर आलगागी भएको छ । त्यसमा रहेका अधिकान्स कपडा जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको छ ।” ईलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरिक्षक ध्रुव कुमार श्रेष्ठले भने ।
आगो नियन्त्रणमा लिन पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको दुई बारुण यन्त्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासि खटेका थिए । उनीहरुको एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।