२८ कात्तिक, वीरगञ्ज । करेन्ट लागेर बाराका जना युवकको मृत्यु भएको छ । विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही पश्चिम टोल निवासी नगिना मुखिया बिन (बागड) का ३० वर्षिय छोरा सुखी मुखिया बिनको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो बेलुकी साढे ७ बजे ईलेक्ट्रिक रिक्सा चार्ज गर्न सुखीले तार जोड्दै थिए । उनी करेन्ट लागेर भुईमा लडेको परिवारजनको भनाई छ ।
उनलाई तुरुन्त उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्याएको भएपनि चिकित्सकले मृत घोषण गरेको परिवारका एक सदस्यले बताए ।