Logo

२ मंसिर,काठमाडौं । भारतले आइतबार लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ ।

भारतले ओडिशाको डा. एपीजे अब्दुल कलाम तटमा सो लामो दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई सैन्य शक्तिको लागि महत्वपूर्ण कदम भनेका छन् ।उनले सामाजिक संजालमा भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ।’ समाचारमा बताइए अनुसार यो क्षेप्यास्त्रलाई १५०० किलोमिटरभन्दा बढी दूरीका लागि विभिन्न युद्धका सामग्रीहरु बोक्न डिजाइन गरिएको हो। एजेन्सी

 


सम्बन्धित समाचार
भर्खरै