Logo

२५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महिनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध सहित सबैला नगरपालिका वडा नम्बर ४ मखना बस्ने अन्दाजी ३४ बर्षीय खलिल राईनलाई पक्राउ गरेको हो ।

प्रदेश २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा राईनलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महिनाथपुरको टोलीले शंका लागेर चेकजाँच गर्दा उनले कालो हाफ ज्याकेटको भित्रपट्टी कम्मर भन्दा माथि पेटमा झोलामा लुकाएर ल्याएको फेनागरन ७० पिस, डईजोपाम इन्जेक्सन ७५ पिस र आईपीपीएल इन्जेक्सन ७५ पिस बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी छिन्नमस्ताका बाहिनीपति सशस्त्र प्रहरी डिआईजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

खलिलको साथमा मोटरसाईकलमा सवार धनुषाकै गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ विरेन्द्र बजारका २७ बर्षीय गुड्डु आलमलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय खजुरीलाई बुझाएको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले बताउनुभयो ।

महिनाथपुरबाट यसअघि विभिन्न समयमा भारती मात्रामा लागू औषध सहित ११ जना र चार थान मोटरसाईकल समेत बरामद गरेको जनाएको छ ।


सम्बन्धित समाचार