Logo

१२ मंसिर, बारा । बारा जिल्लाका २ पालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत वृहत् सचेतनामूलक र्‍याली तथा सडक नाटक प्रर्दशन गरिएको छ ।

बाराको महागढीमाई नगरपालिका तथा सुवर्ण गाउँपालिकामा जन जागरण युवा क्लब(जेजेवाइसी) बाराले इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोगमा र्याली तथा सडक नाटक प्रर्दशन गरेको हो ।

हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि एक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सुवर्ण गाउँपालिकासँगको सहकार्यमा आयोजित र्यालीमा छात्राहरुको सहभागिता रहेको थियो । मंगलबार गाउँपालिका सुरु भएको र्याली गाउँ परिक्रमा पश्चात् पुनः पालिका कार्यालयको प्रांगणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले हिंसा अन्त्य गर्ने नै अस्त्र शिक्षा भएको तथा यसको सहि सदुपयोग गर्न हरेक छोरीले हिम्मत राख्नुपर्ने बताए । उनले हिंसाको प्रतिकार गर्न तथा आवश्यक परे न्यायीक समितिलाई सम्झन सुभाव दिए ।

गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राम क्षेत्री यादव, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी चौरसीया, सेवा युवा क्लबका अध्यक्ष आमीर खान पठान, शिक्षकशिक्षिक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसैबिच महागढीमाई नगरपालिका वडा नं. ८ वेतवना स्थित आधारभूत विद्यालयका बालबालिकाहरुको सहभागितामा सचेतनामूलक र्याली सम्पन्न भएको छ । बालबालिकाहरुलाई गलत छुवाई र सहि छुवाई कस्तो हुन्छ ? हिंसा सहने की भन्ने ? गोपनियताका साथ हिंसा बारे जानकारी गराउन सकिने ठाउँ र माध्यम के हो ? जस्ता विषयमा र्याली पश्चात्को कोणसभामा बुझाउने प्रयास गरिएको सामुदायिक परिचालक सुरेश यादवले जानकारी गराए ।

त्यस्तै संस्थाले मंगलबार महागढीमाई नगरपालिकाको वडा नं. १ स्थित गढीमाई मन्दिर अगाडी तथा २ को ब्रह्मस्थान मुसहरी टोलमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।

स्थानिय वासीले मनोरञ्जनात्मक तवरले हिंसा बारे बुझ्ने तथा त्यसको प्रतिकार गर्ने तरिका सिकुन् भन्ने उद्देश्यले बुधबार सुवर्ण गाउँपलिकाको २ स्थानका सडक नाटक प्रर्दशनको तयारी गरिएको जेजेवाइसीका पशु प्राविधिक जैनुल मिया धोवीले जानकारी गराए ।

३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत हिंसा पिडित वा जोखिमका व्यक्तिलाई आवश्यकतामा आधारित सहयोग वितरण, समूह सचेतीकरण, रेडियो कार्यक्रम, जिंगल बजाउने लगायतका कार्यक्रमको योजना रहेको संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार