१२ मंसिर,वीरगञ्ज । रोपल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले आज क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जी टु मोडल को उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ ।
यो मोटरसाईकल सिग्नल्स एडिसन डेजर्ट स्यान्डर मार्स ग्रे कलरमा उपलब्ध हुनेछ । मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ ।
नयाँ सगॉनोमिक्स, यिप्स. रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्त्र फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् ।
बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्म विश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ । नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।
नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एव बिक्रि खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर मोटरसाईकलको अवलोकन तथा टेस्ट राइड पनि गर्न सकिन्छ ।