१३ मंसिर,सिम्रौनगढ । बाराको सिम्रौनगढ स्थित बारा उधोग वाणिज्य संघको सभा कक्षमा करदता शिक्षा तथा अन्तरक्रीया कार्यक्रम सम्पन भएको छ।
उद्योग वाणिज्य सघ सिम्रौनगढकोअध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा भएको अन्तरक्रियामा कर, प्यान, प्यानको प्रकार, करको प्रकार, सहकारी ऐन, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, करकट्टी, अन्तः शुल्क, अवैध मदिरा र करदाताको कर्तब्य र दायित्वको सम्बन्धमा छ्लफल भएको छ।
करदता सेवा कार्यालय कलैया बाराको आयोजना तथा उद्योग वाणिज्य संघ सिम्रौनगढको समन्वयमा भएको अन्तरक्रियामा करदता सेवा कार्यालय कलैयाका प्रमुख विष्णु सिङ्ग्देल, नायब सुब्बा रमेश प्रसाद कुर्मी र बिनय कुमार राउतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिम्रौनगढको व्यापारी र स्थानीय करदताहरुको सहभागिता रहेको थियो ।