Logo

२६ पुस,बारा । बारम्बार नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि ठेक्का बिवादमा पर्न थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि आफै गर्ने भएको छ ।

उपमहानगरपालिकाले कार्यबिधि बनाएर आफना कर्मचारीहरुको माध्यमबाट ढुङ्गा, गिटी ,बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि गर्ने योजनामा रहेको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा पुस २२ गते बसेको छैठो नगर कार्यपालिका बैठकले नगर उपप्रमुख भोला प्रसाद अधिकारीको संयोजत्वमा १४ सदस्सीय कार्यदल गठन गरेको छ ।

कार्यदलले १५ दिन भित्र राय सहितको प्रतिबेदन कार्यपालिकामा पेस गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । कार्यदलले पेश गरेको प्रतिबेदन नगर सभाबाट पारित गरेपछि प्रयोगमा आउँने जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व ब्यवस्थापन शाखा प्रमुख अधिकृत राम शर्माले जानकारी दिनुभयो ।

पुस २३ गते निर्धारण गरिएको नगर सभा तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । कतिपय नगर सभा सदस्यहरुले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि कार्यबिधि पारित गराउँनलाई नगर सभा स्थगीत गरिएको बताउँने गरेका छन् ।

कार्यदलका सदस्यहरुमा वडा अध्यक्षहरु हिरा बहादुर गुरुङ्ग, भोज बहादुर खत्री, चयन मगर गुरुङग, प्रसाद लामिछाने, हरिदेब खरेल, चतुर बाबु वाग्ले, सुबास श्रेष्ठ, शेखर लामा, भिम बहादुर गंतान, कार्यपालिका सदस्य सुकुमाया कुमारी, प्रल्हाद साह सोनार, राजश्व ब्यवस्थापन शाखा प्रमुख शर्मा, बाताबरण ईन्जिनीयर पुष्पा सिँह र सदस्य सचिवमा ईन्जिनीयर संजिब रुपाखेती रहनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले बिगतमा लगाएको नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि ठेक्काको करोडौ रकम ठेक्कदारले अहिलेसम्म उपमहानगरपालिकालाई तिरेका छैनन् । नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रि प्रकरणमा मुछिएर जीतपुरसिमरा उपमहानगरपालिकाको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई अख्तियारको फन्दामा परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिले आफनो क्षेत्रभित्रका नदिजन्य पदार्थ ठेक्का बर्षेनी ५ करोड देखि १४ करोड सम्ममा लगाउँदेै आएको थियो ।


सम्बन्धित समाचार