Logo

२६ पुस, वीरगन्ज । उपकार सेवा नेपालद्वारा आज वीरगन्जका विभिन्न टोलका करिब पचास जना सहयोगापेक्षी, बिपन्न एवं दलित परिवारलाई जाडोको न्यानो कपडा कम्बल वितरण गरेको छ ।

वीरगन्ज महानगपालिका वडा नंं १६ नगवा स्थित धर्मशालामा आयोजित कार्यक्रममा नयाँ कम्बल बितरण गरेको हो । उपकार सेवा नेपालका केन्द्रीय अध्यक्ष बिध्या सरावगीको प्रमुख आतिथ्य र नगवा बिकास समितिका अध्यक्ष अमित पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

समाजिक अभियन्ता ओमप्रकाश सरार्फको पहलमा बितरण भएको कार्यक्रममा संस्थाका सदस्य सुमन बगारिया, नगवा बिकास समितिका पदाधिकारीहरु सुरेन्द्र पटेल, सुभास पटेल, ओमनाथ गोढ, स्थानीय अगुवाहरु अन्जना गुप्ता, रेखा सरार्फ लगायतको उपस्तिथि रहेको थियो ।

बढदै गरेको जाडो, चिसोको कारण कोहि पनि न्यानो कपडाको अभावमा कठयाङ्रीएर ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ अहिले सम्म करिब पाँच सय, कम्बल र विभिन्न सामुदायिक स्कुलमा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराइएको उपकार सेवा नेपालका केन्द्रिय अध्यक्ष बिध्या सरावगीले जानकारी दिईन ।


सम्बन्धित समाचार