Logo

२६ पुस, वीरगञ्ज । वीरगञ्जको बसपार्क नजिक रहेको रानीपोखरी होटलमा एक महिलासँग आपत्तिजनक स्थितीमा पक्राउ परेका एक जना सहित ३ जनालाई प्रहरीले मानव बेचविखन तथा ओसार पसार सम्बन्धि कसूरमा कार्वाही चालउने भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नंं १५ मा रहेको रानीपोखरी होटलको १०८ नम्वर कोठामा बारा जिल्ला घर बताउने एक २५ बर्षिय महिलासँग आपत्तिजनक अबस्थामा फेला परेका लम्जुङ राईनास नगरपालिका वडा नंं ४ बस्ने डोलनाथ कट्टेल, महोत्तरी गौशाला नगरपालिका वडा नं. ११ घर भई रानीपोखरी होटलमा वेटरको काम गर्ने वर्ष ३७ को रमेश कुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका वडा नं. ८ घर भई रानीपोखरी होटलमा मेनेजरको काम गर्ने वर्ष ५४ को अनिल कुमार अरोडालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

बारा घर बताउने महिलाले वीरगञ्ज कारागारमा रहेको श्रीमानलाई छुटाईदिने र एकरातको ४ हजार दिने प्रलोभनमा पारेर होटलका कर्मचारीले बाहिरका मानिससँग जर्वजस्ती वेश्यावृती गर्न लगाएको बयान दिएपछि प्रहरीले तीन जनालाई मानव वेचविखन तथा ओसार पसार सम्बन्धि ऐन अनुसार मुद्वा चलाउने गरी जिल्ला अदालत पर्साबाट म्याद थप गरेको प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।


सम्बन्धित समाचार