Logo

४ पुष, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुखको क्षमता हिन नेतृत्वका कारण बहुदरमाई नगरपालिकाको विकास ठप्प भएको छ । मेयर सिंगासन सा तेलीको ज्यादती चरमोत्कर्षमा पुगेको छ । नगर प्रमुख तेलीले पहिले नगरसभा गर्नलाई आलटाल गरेर समयमा नगरसभा हुन सकेको थिएन ।

पछि दबावमा परेर नगरसभा सम्पन्न गरेपनि फेरी प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालनको अख्तियारी नदिँदा नगरपालिकाको सम्पूर्ण काम नै ठप्प भएको छ । नगर प्रमुख तेलीको हठकै कारणले बहुदरमाई नगरपालिका बेथिति बढेको स्थानीयहरु बताउछन् ।

नगर प्रमुख तेलीले कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालन गर्न नदिँदा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायत विकासको काम समेत अवरुद्ध भएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु तथा नगरपालिकाका कर्मचारीहरुले समेत तलब पाएका छैनन् ।

तलब नपाएपछि सामुदायिक विद्यालयको पठनपाठनमा समेत प्रभाव परेको छ । विद्यालयमा पठनपाठन बन्द भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । बिहीबार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय डकैला बहुअरीका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका छन् । विद्यालयमा पठनपाठन नियमित गर्नुपर्ने माग सहित विद्यार्थीहरुले नगरपालिका घेराउ गरी तालाबन्दी समेत गरेका छन् ।

नगरप्रमुख सिंगासन सा तेलीले आफूले भने अनुसारको बजेट मनपरी गर्न नपाउँदा प्रमुख प्रशासकीय अधिकृत नै परिवर्तन गर्ने भन्दै लामो समयसम्म नगरसभा समेत नगरी बसेका थिए । नगरसभा गर्न चौतर्फी दबाव बढेपछि नगरसभा गर्न बाध्य भए । नगरसभा गरेपनि प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न नसकेर अहिले उनलाई बजेट सञ्चालनको नै अख्तियारी नदिएर बसेका छन् ।

बजेटमा मनोमानी गर्न नपाउने भएपछि प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्नुपर्ने एकसुत्रीय अडान लिएर बस्दा नगर प्रमुख तेली विवादमा परेका हुन् । उनको ज्यादतीको विरोधमा नगरका ६ वटा वडाअध्यक्षहरुले वडा कार्यालयमा नै ताला लगाएर बस्नुपर्ने अवस्था भएको छ । उनकै कारणले नगरपालिकालाई ध्वस्त भइसेको छ । नगरप्रमुख तेलीको अकर्मण्यताले गर्दा बहदुरमाई नगरपालिकाको सबै काम ठप्प भएको छ ।

इट्टा भठ्ठा व्यावसायी तेलीलाई जनप्रतिनिधि बनाएर नगरपालिकाको नेतृत्वमा पु¥याउन नै नगरवासीहरुको ठूलो गल्ती भएको युवा नेता राकेश यादव बताउछन् । नेतृत्व क्षमता नभएको व्यक्तिलाई नगरपालिकाको नेतृत्वमा पु¥याउँदा नगरवासीलाई इट्टाभट्टामा काम गर्ने मजदुर जस्तै बनाउन नगर प्रमुख तेली उन्मुख रहेको यादवको भनाई छ ।


सम्बन्धित समाचार