Logo

२७ पुस, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जेठो बिद्यालय फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालय जीतपुरमा ब्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा ४ सदस्सीय समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा रमेश सहनी गोडि, अफरोज आलम अंसारी, रिँकी देबी कानु र अफताब आलम ठकुराई रहेका छन् । एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष गुप्ताले बिद्यालय ब्यवस्थापन समिति घोषणा गरेका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार वडा नं.७ को कार्यालयले वडा अध्यक्ष गुप्तालाई नियुक्त गरेको हो । औपचारिक कार्यक्रमको उद्घाटन मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका थिए ।

उनले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालय धेरै ईतिहास बोकेको बिद्यालय भएकाले यसको शैक्षिक स्तरको बिकासकोलागि आफुले सहयोग गर्ने बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोख्रेल, नगर स्तरीय शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसाद, शिक्षा अधिकृत हरिष भट्ट, कम्पयुटर ईन्जिनियर सङ्घर्ष बिडारी, निबर्तमान वडा अध्यक्ष रामबाबु गुप्ता, लोसपाका शिवजी साह सोनार लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार