Logo

१० पुष, वीरगञ्ज । पर्साको दोश्रो सदरमुकाम पोखरियामा नापी तथा मालपोत क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

पर्सा जिल्लामा जनसंख्याको चाप, सेवाको अवस्था दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटोछरितो, प्रभावकारी तथा नागरिक मैत्री बनाउन तत्कालका लागि नापी तथा मालपोत कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न बैठकबाट निर्णय गरिएको संघिय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए ।


सम्बन्धित समाचार