Logo

२९ पुस, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्षको पुष महिनामा १ सय ७० वटा मुद्दा दर्ता भएका छन् । पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरीले सम्पादन गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको हो ।

पर्सा प्रहरीले दिएको तथ्यांङक अनुसार चालु आर्थिक वर्ष ०७९/०८० को पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मद्दाका ५१ वटा उजुरी जिल्लामा दर्ता भएको छ । त्यस्तै अभद्र व्यवहारका ४४ वटा, लागु औषधका २२ वटा र चोरीका २१ वटा मुद्दा पर्सा प्रहरीको कार्यालयमा पुगेको छ ।

पर्साका प्रहरी उपरिक्षक कोमल शाहका अनुसार पुस महिनामा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका ६ वटा मुद्दा दर्ता भएका छन् भने कर्तव्य ज्यान, ठगी तथा आपराधिक विश्वासघात र मानव बेचविखन तथा ओसारपसारका ३/३ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग र भवितव्य ज्यानका २/२ मुद्दाका उजुरी परेका एसपी शाहले बताए ।

यसैगरी ज्यान सम्बन्धि, झुण्डिएर मृत्यु भएको र सवारीमा परि ज्यान गएको १/१ वटा उजुरी परेका छन् । अपरहण तथा शरिर बन्धक, बैङ्क तथा वित्तिय संस्था सम्वन्धि, बाल यौनदुरुपयोग, हातहतियार खरखजना, कालो बजारीका क्रमशः १/१ वटा मुद्दा जिल्लामा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसा।र लिखत र निर्वाचन सम्बन्धि कसुरमा १/१ वटा उजुरी परेको उल्लेख छ । उता कुटपिट तथा सवारीबाट अगंभगं भएका १/१ वटा उजुरी जिल्लामा आएको हो ।


सम्बन्धित समाचार