Logo

३० पुस, वीरगञ्ज । पुष ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवरर सुनसरीको इटहरीमा यस सम्बन्धि तालिम कार्यक्रम संचालन भएको हो । समाजमा पिछडिएका महिलाहरुको लागि रोजगारी प्रदान गरि उनीहरुको आय वृद्धि गरि प्रोत्साहन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

पुष २२ गते सिप बिकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाइफका धौलागिरी प्रमुख जमुना आचार्यले यस किसिमका शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारण राखिन् । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरण गरेको प्रयासमा प्रशंसा गरे ।

पुष २४ गते गौर नरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको थियो । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश साहले गरेका थिए । ६५ जनाको सहभागिता रहेको तालिममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन प्रकाश झाले गरेका थिए ।

धनुषाको ढल्केवरमा समेत पुष २५ गते महिला सशक्तिकरण सम्बन्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र महिला गरि ११५ जनाको सहभागिता रहेको सो तालिमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धि प्रशिक्षण दिएका थिए । कम्पनीको उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रमको संचालन रोहन घतानीले गरेका हुन् ।

पुस २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुको सहभागितामा उनीहरुलाई रोजगारी र आय आर्जन सम्बन्धि तालिम प्रदान गरियो । महिला सौन्दर्य सम्बन्धि क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ बिर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको हो । कमलमान सिहं चौहानद्वारा संचालित कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीमा उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।


सम्बन्धित समाचार