Logo

१६ माघ,काठमाडौं । अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देशनिकाला गर्ने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट अन्तर्गतको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन्सको दस्तावेजमा  यो खुलासा भएको हो ।

डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनअघिको घोषणाअनुसार राष्ट्रपति बनेपछि अवेध आप्रवासीलाई फिर्ता पठाउने आदेश जारी गरेपछि यी अवैध आप्रवासीलाई देशबाट निकाल्न लागिएको हो । अमेरिकाले केही अवैध आप्रवासीलाई आफ्नो देश फर्काइसकेको छ र केहीलाई हिरासतमा राखेको छ ।

अहिले सार्वजनिक भएको दस्तावेजमा सूचीकृत अवैध आप्रवासीहरूलाई भने अहिलेसम्म हिरासतमा राखिएको छैन । अमेरिकाको अध्यागमन विभागले अब यी आप्रवासीलाई घर फर्काउने अभियान अगाडि बढाउनेछ । यसरी निकालिने सूचीमा विभिन्न देशमा १४ लाख ४५ हजार ५४९ जना आप्रवासी छन् ।

get-backs-re-non-detained-docket-1


सम्बन्धित समाचार