Logo

१८ माघ, काठमाडौँ ।  लागुऔषध कारोबारी समात्न नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली फायर गरेको छ ।

विशेष सूचनाका आधारमा लागुऔषधसहित कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

पेस्तोल खोसेर कारोबारी भाग्न लागेपछि बाध्य भएर गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले थाहाखबरलाई जानकारी दिए ।

उनको अहिले जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । त्यहाँबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । सो क्रममा एक जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ ।  घटना आज राति ८ बजेतिर भएको हो ।


सम्बन्धित समाचार