२० माघ, वीरगञ्ज । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटना हुँदा मृत्यु हुने पाँचैजना नेपाली रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले मृत्यु हुने सबै नेपाली रहेको र अन्य ४ घाइतेको भारतमै उपचार भइरहेको जानकारी दिए । घटना शनिबार साँझ भारतको मुजफ्फरपुरमा भएको हो। दुर्घटनामा पर्नेहरू महोत्तरी र धनुषाका रहेका पनि उनले जानकारी दिए ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५ वर्षकी इन्दु देवी र गाडी चालक रहेका पनि उनले जानकारी दिए ।
दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका र उनीहरूको भारतको मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।